काठमाडौं, धुनीबेसी र ककनीका जनप्रतिनिधिबीच फोहोर उठाउने सहमति, स्थानीयसँग आज वार्ता (पत्रसहित)

काठमाडौं महानगरपालिका, धादिङको धुनीबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिबीच १८ बुँदे सहमति भएको छ। आजैदेखि फोहोर उठाउनेगरी सहमति भएको हो।

नेपालभ्युज

काठमाडौं, धुनीबेसी र ककनीका जनप्रतिनिधिबीच फोहोर उठाउने सहमति, स्थानीयसँग आज वार्ता (पत्रसहित)

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका, धादिङको धुनीबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिबीच १८ बुँदे सहमति भएको छ। आजैदेखि फोहोर उठाउनेगरी सहमति भएको हो।

काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनीबेसी नगरपालिका १ का वडाध्यक्ष बहादुर तामाङ, ३ का वडाध्यक्ष प्रकाश हमाल तथा ककनी १ का वडाध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी र २ का वडाध्यक्ष तिलकबहादुर लामाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार अब बञ्चरेडाँडामा रातिको समयमा मात्रै फोहोर लगिने भएको छ। गत २३ जेठमा शहरी विकास मन्त्रालयमा भएको सहमतिअनुसार काम गर्नेगरी नयाँ सहमति बनेको हो।

नयाँ सहमतिअनुसार अब सिसडोल र बञ्चरेडाँडामा रातिको समयमा मात्रै फोहोर काठमाडौंबाट जानेछ। जसका लागि तीन महीनाभित्र काठमाडौं महानगरले बत्तीसहित बाटो मर्मत गर्नेछ।

यस्तै, महानगरले आज प्रभावित क्षेत्रका स्थानीयसँग पनि वार्ता गर्ने भएको छ। जनप्रतिनिधिबीच सहमति जुटेपछि स्थानीयसहित सर्वपक्षीय छलफल गरेर सहमतिमै समाधानको बाटो खोजिने भएको हो।

यसअघि, महानगरको फोहोर जबरजस्ती फाल्न लागिएको भन्दै स्थानीयले अवरोध गर्दा प्रहरी परिचालन भएको थियो। स्थानीय र प्रहरीबीच झडपको अवस्था बनेपछि फेरि वातामार्फत फोहोर फाल्न सहमति भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved