लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

नेपालभ्युज

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेशसभाको बुधबारको बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रमुख शेरचनले ‘समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य राखेर नीति कार्यक्रम बनाइएको उल्लेख गरे।

उनले राजधानी व्यवस्थापनका लागि सङ्घीय सरकार र स्थानीय तहसँग निरन्तर समन्वय गरिने बताए। बुटवललाई प्रदेशको आर्थिक राजधानीको रुपमा र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेशसभाले निर्धारण गरेको राजधानी क्षेत्रलाई समेटी नयाँ नगरपालिकाको रुपमा विकास गर्ने प्रक्रियाको थालनी गरिने छ।

शिक्षाको गुणस्तर सुधार गर्न मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको प्रभावकारीरुपमा कार्यान्वयन गरिने जनाइएको छ। प्रदेशस्तरीय नमूना विद्यालय छनोट गरी कार्यक्रम कार्यान्वयन गरिने छ भने वैकल्पिक शिक्षण सिकाइ प्रणालीको विकास र विस्तार गर्ने नीत तथा कार्यक्रममा उल्लेख छ।

कृषि पूर्वाधार, बजार सूचना प्रणाली, उद्यमशीलता र गुणस्तर कायम गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरिने कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार उत्पादनलाई उद्योगसँग जोड्ने गरी विद्यमान ‘मिसन कार्यक्रम’लाई निरन्तरता दिँदै बृहत् पकेट, ब्लक क्षेत्रको विकास गर्दै लगिनेछ।

‘एक स्थानीय तह: एक नमूना कृषि वन’ कार्यक्रम सञ्चालन गरिनेछ। नदी उकास क्षेत्र, सार्वजनिक तथा निजी जमिन, खोला किनारालगायत खाली क्षेत्रमा वृक्षरोपण अभियान सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved