डिशहोमका यी ग्राहकले जिते १ लाख रुपैयाँ

नेपालभ्युज

डिशहोमका यी ग्राहकले जिते १ लाख रुपैयाँ

काठमाडौं। एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक मदन विक्रम थापाले १ लाख रुपैयाँ जितेका छन्। क्यासआइडी ०२५६४१५३७२५ भएका थापाले १ लाख रुपैयाँ जितेका हुन्।

कम्पनीले ल्याएको योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन्।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved