नागरिकता विधेयक तत्काल संसद्मा ल्याएर पारित गर्नुपर्छ : जसपा अध्यक्ष यादव

अध्यक्ष यादवले आगामी संसदीय निर्वाचनमा मतदान गर्ने अधिकारबाट नागरिकलाई वञ्चित नगर्न तत्कालै नागरिकता विधेयक ल्याउनुपर्नेमा जोड दिए ।

नेपालभ्युज

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले तत्कालै नागरिकता विधेयक ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

प्रेस मञ्च धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आमाबुवासँग जन्मसिद्ध नागरिकता भएर पनि उनीहरुका सन्तान अनागरिक बनेर बस्नु परेको बताए। भने, “त्यसैले अबिलम्ब नागरिकता विधेयक पारित गरेर नागरिकताविहीन सबैलाई नागरिकता दिनुपर्छ ।”

अध्यक्ष यादवले आगामी संसदीय निर्वाचनमा मतदान गर्ने अधिकारबाट नागरिकलाई वञ्चित नगर्न तत्कालै नागरिकता विधेयक ल्याउनुपर्नेमा जोड दिए ।

“यही देशमा जन्मे हुर्केका व्यक्तिलाई पनि नागरिक हुनुबाट वञ्चित गराउनु ठीक होइन,” यादवले भने, “त्यसैले नागरिकता विधेयक ल्याएर नागरिकताविहीनलाई नागरिकता प्रदान गरी उनीहरुलाई मतदाता नामावलीमा सूचीकृत गराउनुपर्छ र निर्वाचनमा सहभागी गराउनुपर्छ ।”

उनले संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन पनि तत्कालै ल्याउनुपर्ने आवश्यकता रहेको बताए।

अध्यक्ष यादवले मधेशमा ५३ प्रतिशत जनसंख्या रहेकाले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्न पनि माग गरे । उनले संघीय संसद्मा समानुपातिक प्रणालीको टेबुल संविधानको मर्मविपरीत भएकोले सूची परिवर्तन गर्नुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा देश जानुपर्ने बताए ।

यादवले अहिले सरकारमा रहेको पाँच दलीय गठबन्धन कायम रहिरहने समेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved