रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

नेपालभ्युज

रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। सिस्ने गाउँपालिका–४ दादीङमा हिजो बेलुका रा १ त १६१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दादीङका १५ वर्षका आकाश बुढा र ५० वर्षीया नन्दी बुढाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन्।

घाइतेको रुकुम (पूर्व) कै अस्पतालमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved