घर पुर्‍याइदिने बहानामा किशोरीमाथि सामूहिक बलात्कार

नेपालभ्युज

भारतको हैदराबादमा एक नाबालिगमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ।

मर्सिडिजमा पाँच जना नाबालिग बालिकामाथि सामूहिक बलात्कार भएको हो। आरोपितमध्ये एक जना त्यहाँका सांसदका छोरा रहेको बताइएको छ। तर, सामूहिक बलात्कारमा उनको संलग्नता भने प्रहरीले पुष्टि गर्न सकेको छैन। अभियुक्तहरू कक्षा ११ देखि १२ का विद्यार्थी रहेका र सबै राजनीतिक पृष्ठभूमि रहेको प्रहरीले जनाएको छ।

घटना २८ मेको हो। बालिकाका बुबाले बुधबार जेठ १ गते आरोपीविरुद्ध उजुरी दिएका थिए। जुबली हिल्स पुलिस स्टेशनमा मुद्दा दर्ता भएको छ। तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।

पबमा हाई प्रोफाइल पार्टी थियो

मे २८ मा १७ वर्षीया किशोरी हाई प्रोफाइल पार्टीमा गएका बेला उनीमाथि बलात्कार भएको प्रहरीमा दर्ता भएको मुद्दामा उल्लेख छ। साढे ५ बजे घरबाट निस्किएकी उनलाई पबमा भेटिएका आरोपीले घर छोड्ने बहानामा कारमा राखेर लगेका थिए। जहाँ ३-४ जना केटाहरू पहिल्यैदेखि बसेका थिए।

छोरीको शरीरमा चोटका निशान पनि रहेको बुवाले बताएका छन्। यसबारे किशोरीले सम्पूर्ण घटना खुलाउन सकेकी छैनन् । पीडितका बुबाले घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानूनी कारबाही गर्नुपर्ने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved