विप्लव नेतृत्वको नेकपाको महाधिवेशन १ असोजदेखि

नेपालभ्युज

विप्लव नेतृत्वको नेकपाको महाधिवेशन १ असोजदेखि
फाइल तस्वीर

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नवौँ महाधिवेशनको मिति तय गरेको छ।

पार्टी केन्द्रीय समितिको बैठकले १ असोजदेखि ८ असोजसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। महाधिवेशनअघि नेकपाले ५ भदौसम्म वडा र पालिका तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने जनाएको छ।

विप्लव पक्षले संसदीय चुनावमा भाग लिने निर्णय गरेपछि हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षधर टुक्रिएको थियो। फुटपछि नेकपाले महाधिवेशनको मिति तय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved