गोकुल बास्कोटाको प्रश्न– रुस–युक्रेन युद्ध भएको सरकारले भर्खर थाहा पाएको हो

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाएका छन्।

नेपालभ्युज

गोकुल बास्कोटाको प्रश्न– रुस–युक्रेन युद्ध भएको सरकारले भर्खर थाहा पाएको हो

काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन्।

उनले सरकार व्यवस्थापक, निमयनकारी बन्न नसकेर रमिते बनेको आरोप लगाएका हुन्। ‘‘सरकार व्यवस्थापक पनि होइन, नियमनकर्ता पनि होइन, व्यापारी पनि होइन, सरकार रमिते’’, थापाले भने, ‘‘सरकारलाई थाहा थिएन, रुस–युक्रेन युद्ध भएको कुरा भर्खर थाहा पायो? सरकारले यो थाहा पाएन कि अमेरिकाले ४५ अर्ब डलरको तेल रुससितै किनेको भन्ने कुरा।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved