तारकेश्वरमा ‘एक घर, एक धारा’ अभियान

काठमाडौंको साविक साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर नगरपालिका बनाइएको तारकेश्वरमा ११ वडा छन्।

नेपालभ्युज

तारकेश्वरमा ‘एक घर, एक धारा’ अभियान

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिने भएको छ। काठमाडौंको उत्तर–पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले सबै नगरबासीलाई शुद्ध खानेपानी पुर्‍याउने उद्देश्यले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्न लागेको हो।

नगरप्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नगरभित्रका सबै घरमा पानीसहितको ‘एक घर, एक धारा’ जडान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिए।

यस्तै, नगरले आफ्नो आयश्रोतलाई वृद्धि गर्न करको दायरालाई फराकिलो बनाएर लैजाने बताएको छ। कतिपय सेवाग्राही हालसम्म पनि करको दायरामा नआएकाले केही शीर्षकमा कर छुट गरेर करको दायरालाई फराकिलो बनाउने नीति लिइएको नगरप्रमुख महर्जनले बताए।

यसैगरी, नगरको पहिलो कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउने निर्णय गरेको छ। नगरभित्र २१ सामुदायिक विद्यालय सञ्चालनमा छन्।

नगरमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि तारकेश्वर नगरले आफ्नो हाताभित्रै बैंकिङ सुविधासमेत प्रदान गरेको छ। काठमाडौंको साविक साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर नगरपालिका बनाइएको तारकेश्वरमा ११ वडा छन्।

उक्त नगरमा गत ३० वैशाखमा सम्पन्न स्थानीय तहमा नगरप्रमुखमा कांग्रेसका महर्जन र उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटी निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved