मैत्रीपूर्ण फुटबलमा ब्राजिलको शानदार जित

ब्राजिलको जितमा नेयमारले पेनाल्टीमार्फत दुई गोल गरे। रिचार्लिसन, फिलिपे कौटिन्हो र गाब्रियल जिससले एक एक गोल गरे।

नेपालभ्युज

मैत्रीपूर्ण फुटबलमा ब्राजिलको शानदार जित

काठमाडौं। ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा दक्षिण कोरियामाथि शानदार जित हासिल गरेको छ। कोरियामा भएको खेलमा ब्राजिल विजयी भएको हो।

सोउलस्थित संगम वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलले शानदार जित निकाल्यो। उसले घरेलु टोलीमाथि ५–१ गोल अन्तरको जित निकालेको हो।

ब्राजिलको जितमा नेयमारले पेनाल्टीमार्फत दुई गोल गरे। रिचार्लिसन, फिलिपे कौटिन्हो र गाब्रियल जिससले एक एक गोल गरे।

खेलको सातौँ मिनेटमै रिचार्लिसनको गोलमा ब्राजिलले अग्रता बनायो। ३१ औँ मिनेटमा कोरियाका लागि ह्वाङ ही चेनले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए।

त्यसपछि, खेलकोे ४२ औँ मिनेटमा ब्राजिलले पेनाल्टी पाएपछि नेयमारले गोल गरे। ५७ औँ मिनेटमा ब्राजिलले फेरि पेनाल्टी पायो। त्यसमा पनि नेयमारले गोल गरे।

खेलको ८० औँ मिनेटमा कौटिन्होले गोल गर्दै ब्राजिललाई ४–१ ले अगाडि बढाए। इन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई फराकिलो जित दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved