नेविसंघले त्रिविमा फेरि लगायो ताला

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पुनः ताला लगाएको छ।

नेपालभ्युज

नेविसंघले त्रिविमा फेरि लगायो ताला

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पुनः तालाबन्दी गरेको छ।

विगत चार महिनादेखि बन्द गरेको कार्यालय बुधबार नेकपा (क्रान्तिकारी) का कार्यकर्ताले बन्द हड्ताल भन्दा पनि संवादबाटै समस्याको हल खोजिनुपर्ने भन्दै ताला तोडेका थिए। त्रिवि पदाधिकारीले यसअघि लगाइएको ताला तोड्न लगाएको आरोप लगाउँदै नेविसंघका कार्यकर्ताले आज पुनः ताला लगाएका हुन्।

‘विश्वविद्यालय पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द गरी लाखौँ रुपैयाँ घुसपैठ गरी नेकपा (क्रान्तिकारी) मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षरसहित नक्कली विज्ञप्ति टाँसेर नेविसंघले लगाएका ताला फुटाउने कू–चेष्टा गर्नु आफैँमा खेदजनक छ’, नेविसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved