नेपालगञ्जमा तनावपछि कमल थापा भन्छन्- शालिक राखेर राजा फर्कने होइन

नेपालगञ्जमा पहिले शालिक भएकै ठाउँमा पूर्वराजाको शालिक राख्न खोज्दा सरकारले हस्तक्षेप गर्नु ठीक नभएको थापाको भनाइ छ। उनले लोकतन्त्र असहिष्णु हुन नहुने उल्लेख गरे।

नेपालभ्युज

नेपालगञ्जमा तनावपछि कमल थापा भन्छन्- शालिक राखेर राजा फर्कने होइन
फाइल तस्वीर

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले चोकमा पूर्वराजाको शालिक राख्दैमा राजतन्त्र नफर्कने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

नेपालगञ्जको धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा बिबाद भएपछि थापाले शालिक राख्दैमा राजतन्त्र नफर्कने बताएका हुन्।

थापाले आन्दोलनको रापतापमा पूर्वराजासहित बीपी, भानुभक्तलगायतको शालिक तोडफोड भएको भन्दै त्यो कदम गलत भएको बताए।

नेपालगञ्जमा पहिले शालिक भएकै ठाउँमा पूर्वराजाको शालिक राख्न खोज्दा सरकारले हस्तक्षेप गर्नु ठीक नभएको थापाको भनाइ छ। उनले लोकतन्त्र असहिष्णु हुन नहुने उल्लेख गरे।

‘शालिक राखेर राजा फर्कने होइन। इतिहासको सम्झना हो,’ थापाले लेखेका छन्, ‘लोकतन्त्र यति असहिष्णु हुनुहुन्न।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved