ब्राजिलमा वर्षा र बाढी : ज्यान गुमाउनेको संख्या १०० पुग्यो

ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउनेकाे संख्या १०० पुगेकाे छ।

नेपालभ्युज

ब्राजिलमा वर्षा र बाढी : ज्यान गुमाउनेको संख्या १०० पुग्यो

एजेन्सी। ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउनेकाे संख्या १०० पुगेकाे छ।

ब्राजिलमा गत हप्तादेखि जारी भारी वर्षा र त्यसपछि आएको बाढीले उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा एक सय नागरिकको ज्यान गएको हो।

ब्राजिलको उत्तर क्षेत्रीय सहर रेसिफका विभिन्न नगरपालिकालाई बाढीले बढी प्रभावित पारेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन्।बाढीमा परेर १६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका एक अधिकारीले बताए।

अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन्। बाढीले कम्तिमा पाँच हजार नागरिक विस्थापित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved