बोहली बने चेल्सीको आधिकारिक मालिक

चेल्सीका हालका मालिम रसियन अर्बपति रोमन अब्रमोविचलाई बेलायतमा प्रतिबन्ध लागेपछि उनले क्लब बेचेका हुन्।

नेपालभ्युज

बोहली बने चेल्सीको आधिकारिक मालिक

काठमाडौं। अमेरिकी अर्बपति टोड बोहलीले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको स्वामित्व आफ्नो नाममा गरेका छन्। बोहली र उनको नेतृत्वको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा चेल्सी किनेका हुन्।

बोहली र उनले कम्पनीले ४.२५ बिलियन पाउण्डमा चेल्सी किनेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बोहलीले सोमबार एक विज्ञप्ति निकाल्दै खरिदको प्रक्रिया पूरा भएको जानकारी दिएका छन्।

बोहलीले आफ्नो नेतृत्वमा रहेको कम्पनीले चेल्सी चलाउने र आफू त्यसको संरक्षक हुन पाउँदा सम्मानित महसुस गरेको बताएका छन्। उनले आफू नयाँ संरक्षक बनेको खुशी पनि व्यक्त गरेका छन्।

चेल्सीका हालका मालिम रसियन अर्बपति रोमन अब्रमोविचलाई बेलायतमा प्रतिबन्ध लागेपछि उनले क्लब बेचेका हुन्। सन् २००४ मा चेल्सीको मालिक बनेका रोमनले बेलायत बस्न प्रतिबन्ध लागेका कारण अहिले क्लब बेचेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved