क्यान-ईपीएल मुद्दा : सर्वोच्चको कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलायो

अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। ईपीएलले गत १२ जेठमा अन्तरिम आदेशको मागसहित मुद्दा दर्ता गरेको थियो।

नेपालभ्युज

क्यान-ईपीएल मुद्दा : सर्वोच्चको कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल)को मान्यता सम्बन्धमा बिबाद भएपछि दर्ता भएको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। नेपाल क्रिकेट संघले ईपीएलले राष्ट्रिय लिगको मान्यता नपाउने बताएपछि मुद्दा परेको हो।

क्यानले आफैले नेपाल टी–२० लिग सञ्चालन गर्ने र उक्त लिगबाहेक कुनै पनि लिगलाई मान्यता नदिने निर्णय गरेसँगै ईपीएलले क्यानको निर्णयको विरोधमा सर्वोच्चमा मुद्दा हालेको थियो। सोही मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेश दिएको हो।

अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। ईपीएलले गत १२ जेठमा अन्तरिम आदेशको मागसहित मुद्दा दर्ता गरेको थियो।

नेपाल टी–ट्वान्टी लिग बाहेक अन्य फ्रेन्चाइज टी–ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने क्यानको निर्णय गैरकानूनी र असंवैधानिक भएको भन्दै ईपीएल र त्यसमा आबद्ध ६ क्लबले मुद्दा दर्ता गरेको थिए।

नेपालमा यसअघि एभरेष्ट प्रिमियर लिग (ईपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) राष्ट्रिय लिगका रुपमा सञ्चालन हुँदै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved