ढाका : रुखमा बस ठोक्किँदा ८ जनाको मृत्यु, २० घाइते

बंगलादेशमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ भने २० जना घाइते भएका छन्। 

नेपालभ्युज

ढाका : रुखमा बस ठोक्किँदा ८ जनाको मृत्यु, २० घाइते

ढाका। बंगलादेशमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ भने २० जना घाइते भएका छन्।

ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रुले खचाखच भरिएको बस रुखमा ठोक्किँदा दुर्घटना भएकाे हाे।

रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको हुनसक्ने जिल्ला प्रहरी उपरीक्षक मारुफ हुसेनले बताए। उनका अनुसार बसमा रहेका ४२ जनामध्ये २० जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ।

घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved