१२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्ध खोप असार १५ मा

८४ लाख डोज खोप अनुदानमा आउँदै

नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै कोभ्याक्स कार्यक्रमअन्तर्गते बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराउने दिने भएको हो।

१२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्ध खोप असार १५ मा

काठमाडौं। सरकारले १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोभिडविरुद्ध खोप दिने तयारी गरेको छ। कोभ्याक्स सुविधाअन्तर्गत ८४ लाख खोप निःशुल्क रूपमा प्राप्त हुने भएपछि सरकारले उक्त खोप दिने तयारी गरेको हो।

स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले दिएको जानकारीअनुसार कोरोनाविरुद्ध खोप अभियानमा नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै कोभ्याक्स कार्यक्रमअन्तर्गते बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराउने दिने भएको हो।

“पहिलो चरणमा १५ असारसम्ममा बालबालिकालाई दिन मिल्ने फाइजरको १५ लाख खोप आइसक्ने छ”, चौरसियाले नेपालभ्यूजसँग भने, “ नेपालले कोरोनाविरुद्धको खोप अभियानमा उल्लेखनीय प्रगति गरेकोले कोभ्याक्स र गाभीले ८४ लाख खोप निःशुल्क दिनेभयो।”

सरकारले गत माघ, फागुनतिरै फाइजर खोप खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले भने, “कोभ्याक्सले निःशुल्क दिने संकेत त्यति बेलै देखाएको थियो। अन्ततः उनीहरूले नेपालको प्रगति हेरेर करिब ६ अर्ब बराबरको ८४ लाख खोप निःशुल्क दिने भए। हामीले खरीद प्रक्रिया रद्द गर्‍यौँ। यसरी निःशुल्क खोप पाउने नेपाल पहिलो राष्ट्र हो।”

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा करिब पाँचदेखि १२ वर्षमुनिका ३५ लाख बालबालिका छन्। उनीहरूलाई पूर्ण मात्रा दिन ८४ लाख खोप आवश्यक हुने पनि चौरसियाले जानकारी दिए।

बालबालिकालाई लगाइने खोपका लागि स्वास्थ्यकर्मीलाई विशेष तालिम दिनुपर्ने भएकाले योभन्दा पहिला नै २१ जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिइसके पनि ५६ जिल्लामा भने अहिले तालिम दिरहेको महाशाखा प्रमुख डा. चौरसियाले बताए।

पहिलो चरणमा १५ असारभित्र आउने १५ लाख डोज खोप शुरुमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेका २१ जिल्लामा लगाउने सरकारको तयारी छ। उनले भने, “१२ वर्षमाथिका व्यक्तिहरूलाई ०.३ एमएलका दरले खोप लगाए पनि पाँच देखि १२ वर्षमुनिका बालबालिकालाई ०.२ एमएलका दरले खोप दिनुपर्छ।”

फाइजर खोप अल्ट्रा कोल्डचेन माइनस ४४ देखि ८० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। डा.चौरासियाले केन्द्रीय सरकार र प्रदेश सरकारले गरी अब ७७ लाख ३४ हजार खोप मौज्दात रहेको पनि बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार १० देखि १९ वर्ष उमेर समूहका ५७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ । नौ वर्षदेखि मुनिका ५१ जनाको मृत्यु भएको छ।

चार करोड डोज खोप खपत

स्वास्थ्य मन्त्रालयले नेपालमा खोप अभियान शुरु भएदेखि बिहीबारसम्ममा ४ करोड २६ लाख ८० हजार पाँच सय २१ डोज खोप लगाएको जनाएको छ। तीमध्ये पहिलो डोज लगाउनेको संख्या एक करोड ८९ लाख ८६ हजार २३० रहेको छ भने एक करोड ९७ लाख ९६ हजार ६ सय ३६ जनाले दुवै मात्रा खोप लगाएका छन्।

त्यस्तै १२ वर्षमाथिका दुई करोड २३ लाख ६७ हजार तीन सय ९१ जना (९६ प्रतिशत) ले पहिलो मात्रा खोप र एक करोड ९७ लाख ९६ हजार ६३६ (८५ प्रतिशत) ले दोस्रो मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांक छ।

बुस्टर डोज ३८ लाख ९७ हजार ६ सय ५५ जनाले खोप लगाइएको छ।नेपालमा हालसम्म पाँच करोड ३३ लाख ८१ हजार ५७० डोज खोप ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved