क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

नेपालभ्युज

क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा २८५ रन बनाएको भएको हो।

क्यानडाका लागि आरोन जोनसनले ६५ र नवनीत धालिवालले ४६ रन बनाए। नेपालका कुशल मल्ल र कप्तान रोहित कुमार पौडेलले २–२ तथा सूर्य तामाङ, सोमपाल कामी, आकाश चन्द र पवन सराफले १–१ विकेट लिए।

आकाशले आफ्नो डेब्यू खेलमा नै नेपालको लागि पहिलो विकेट लिए। उनले पहिलो विकेटको लागि आरोन जोनसन र नवनीत धालिवालबीचको ९४ रनको साझेदारी तोडे।

यस्तै, रोहितले दोस्रो खेलमा पनि राम्रो बलिङलाई निरन्तरता दिए। ३१ औँ ओभरमा रोहितले २ विकेट लिए। उनले ३१ ओभरको दोस्रो र पाँचौँ बलमा पर्गत सिंह र निकोलस किर्तोनलाई पभिलियन फर्काए। बिहीबार भएको पहिलो खेलमा उनले ४ विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved