युवालाई हरियो पासपोर्ट हाेइन, गाँजाको बोट दिएर गाउँ पठाऔँ : सांसद तामाङ

नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले कगाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा ल्याउन आग्रह गरेका छन्।

नेपालभ्युज

युवालाई हरियो पासपोर्ट हाेइन, गाँजाको बोट दिएर गाउँ पठाऔँ : सांसद तामाङ

काठमाडौं। नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा ल्याउन आग्रह गरेका छन्।

आज बसेको प्रतिनिधि सभाको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद तामाङले कृषिलाई आकर्षण दिन संसदको गैरसरकारी विधेयकका रुपमा दर्ता भएको उक्त विधेयकलाई चाँडोभन्दा चाँडो छलफलमा ल्याएर पारित गराई वैधानिक बनाउन संसदको ध्यानाकर्षण गराए।

‘‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छिटोभन्दा छिटो छलफलमा ल्याएर पारित गरियो भने नेपालका जति युवाहरु हरियो पासपोर्ट च्यापेर विदेशको श्रमबजारमा जान्छन्, ती युवाहरुलाई हरियो गाँजाको बोट समातेर गाउँमा पठाउनेछौँ’’, उनले भने, ‘‘कृषिमा नयाँ क्रान्ति हुनेछ। यसले अर्थतन्त्रमा टेवा पुग्नेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved