मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २३ घाइते

नेपालभ्युज

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २३ घाइते

धनगढी। अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना घाइते भएका छन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मंगलसेन लगिरहेको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved