विवेकशील साझाको अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

विवेकशील साझाको अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्।

नेपालभ्युज

विवेकशील साझाको अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

काठमाडौं। विवेकशील साझाको अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्।

स्थानीय निर्वाचनमा विवेकशील साझाको अपेक्षित मतपरिणाम आउन नसकेपछि उनले परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। उनी पार्टीको साधारण सदस्य भने रहने छन्।

‘‘अध्यक्षका रूपमा निःस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु,’’ उनले भने, ‘‘म पार्टीको साधारण सदस्य रहिरहने छु।’’

उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै पनि राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले नै लिनुपर्ने उनले बताए। उनले बाराको फेटा गाउँपालिका र त्यहाँको दुई ओटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जाने बताए।

विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुने उनले बताएका छन्। उनले आफूले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेजप्रति असहमती राखेर राजीनामा दिएकाहरूलाई पुनः पार्टीमा फर्कन पनि आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved