जबरजस्ती करणी उद्योग मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु

नेपालभ्युज

जबरजस्ती करणी उद्योग मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
सांकेतिक तस्वीर।
काठमाडौं। जबरजस्ती करणी उद्योग मुद्दामा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको हिरासतमा रहेका एक थुनुवा मृत फेला परेका छन्।
मृत फेला पर्नेमा कोहलपुर– १२ का अन्दाजी ५५\५६ वर्षीय पुरुष छन्।  बुधबार बिहान ती पुरुष हिरासत कक्षमा झुन्डिएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।
उनलाई एक नाबालिगकालाई जबरजस्ती करणी उद्योग गरेको आरोप लागेको थियो। त्यसपछि कोहलपुर प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको थियो।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved