५ देखि ११ वर्षका बालबालिकालाई पनि कोभिडविरुद्धको खोप दिइने

नेपालभ्युज

५ देखि ११ वर्षका बालबालिकालाई पनि कोभिडविरुद्धको खोप दिइने

काठमाडौं । सरकारले पाँच देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ।

आज संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो उमेरका बालबालिकालाई खोप लगाउन शुरु गर्ने बताएकी हुन्।

नेपालमा हालसम्म १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई मात्र खोप दिइएको छ। नेपालको कुल जनसंख्याको ७६ दशमलव ६ प्रतिशतले कम्तीमा एक र ६७ दशमलव ७ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन्।

नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यन्वयन गरिने

त्यस्तै भण्डारीले नसर्ने रोग नियन्त्रण र रोकथामका लागि ल्याइएको बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने पनि बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved