धनुषाका स्थानीय तहमा मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित

धनुषाका स्थानीय तहमा उम्मेदवारी दिएका मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित भएका छन्। 

नेपालभ्युज

धनुषाका स्थानीय तहमा मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित

जनकपुरधाम। धनुषाका स्थानीय तहमा उम्मेदवारी दिएका मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित भएका छन्।

३० बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष पराजित भएका हुन्।

क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार, सबैला नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव पराजित भए।

जसपाका जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकामा कांग्रेसका उम्मेदवार विशेश्वर यादवसँग एक हजार २८ मतान्तरले पराजित भए भने नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव धनुषाधाम नगरपालिकाको मेयरमा पराजित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved