लम्कीचुहामा एमालेलाई हराउँदै कांग्रेस विजयी, प्रमुख र उपप्रमुख दुवै महिला

नेपालभ्युज

लम्कीचुहामा एमालेलाई हराउँदै कांग्रेस विजयी, प्रमुख र उपप्रमुख दुवै महिला

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा नेकपा एमालेलाई हराउँदै नेपाली कांग्रेसले मेयर पद जितेको छ। मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही विजयी भइन् भने उपमेयरमा जुना चौधरी निर्वाचित भइन्।

सत्ता गठबन्धन रहेको लम्मकीचुहामा शाहीले नेकपा एमालेका निवर्तमान प्रमुख महादेव बजगाईंलाई २ हजार २ सय ७८ मतान्तरले पराजित गरिन्। शाहीले १२ हजार ७ सय १३ मत पाए भने बजगाईंले १० हजार ४ सय ३५ मत ल्याए।

त्यस्तै उपमेयरमा एमालेकी चौधरीले ११ हजार ७ सय ६ मत ल्याउँदा माओवादीकी जानकी सिंहले ८ हजार ३ सय ८ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved