भरतपुरमा विजयको अप्ठेरो बढ्दै

भरतपुरका वडा नं ११ र १२ पछि एमालेलाई भरतपुरका वडा नं १६, २३, २४, २८ र २९ बाट केही आशा रहेको देखिन्छ।

नेपालभ्युज

भरतपुरमा विजयको अप्ठेरो बढ्दै

काठमाडौं। भरतपुर महानगरपालिकको मेयर पदका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले प्रमुख प्रतिस्पर्धी गठबन्धनकी रेनु दाहालसँगको मतान्तर दूरी घटाउन सकेका छैनन्। रेनुले हालसम्म २१ हजार २२७ मत ल्याउँदा विजयले १८ हजार ३६ मत ल्याएका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ७ हजार ९७७ मत छ। रेनु र विजयबीच हाल ३ हजार १९१ मतअन्तर छ।

सुवेदीले दाहालसँगको आफ्नो दूरी घटाउन नसक्दा मेयर पदमा उनको सम्भावना कम हुँदै गएको छ। एमालेले भरतपुर वडा नंं १०, ११ र १२ बाट रेनुसँगको मतान्तर दूरी कम गर्ने बताए पनि यस्तो देखिएको छ। यसअघि २०७४ मा एमालेले जितेको भरतपुर वडा नं १० यो पटक गठबन्धनबाट कांग्रेसका युवा नेता परमेश्वर खनाल वडाध्यक्षको प्रतिस्पर्धामा थिए।

खनालले प्रतिस्पर्धा जित्दा एमालेले मतअन्तर घटाउने विश्वास लिएको यो वडाबाट खास मतअन्तर घटाउन सकेन। यस्तै वडा नं ११ र १२ मा एमाले उम्मेदवारले वडाध्यक्ष पदमा अग्रता लिँदै गर्दा रेनु र विजयबीचको मतान्तर दूरी घट्न सकेको छैन।

यसपछिका वडा नं १३, १४ र १५ मा एमालेको मतभार कम रहेको छ। २०७४ को स्थानीय तहको निर्वाचनलाई आधार मान्दा यी वडामा एमालेको मतभार कम देखिएका कारण पनि एमालेका मेयर उम्मेदवार विजयको अप्ठेरो बढ्दै गएको विश्लेषण हुन थालेको हो।

भरतपुरका वडा नं ११ र १२ पछि एमालेलाई भरतपुरका वडा नं १६, २३, २४, २८ र २९ बाट केही आशा रहेको देखिन्छ। तर, यी वडा जनघनत्वका आधारमा भरतपुरका वडा नं १०, ११ र १२ भन्दा कम्जोर भएका कारण विजयको सहजता बढ्ने सम्भावना कम देखिएको हो।

एमालेबाट वडाध्यक्षमा प्रतिस्पर्धा गरेकाले भन्दा सुवेदीले कम मत ल्याएका छन्। यता रेनुले भने गठबन्धनको वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको मतभन्दा बढी मत पाएकी छन्। यसले गर्दा पनि विजयले रेनुसँगको आफ्नो मतान्तर घटाउन नसकेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved