सिन्धुलीको कमलामाई नगर प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

कमलामाई नगरपालिकाको १४ वडामध्ये एमाले सात, कांग्रेस ५ र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन्।

नेपालभ्युज

सिन्धुलीको कमलामाई नगर प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

सिन्धुली। कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ।

नगर प्रमुखमा कांग्रेसका उपेन्द्र पोख्रेल र उपप्रमुखमा एमालेकी मञ्जु देवकोटा निर्वाचित भएका हुन्।

नगर प्रमुखमा पोखरेल १४ हजार १८७ मतसहित निर्वाचित हुँदा उनका निकतटम प्रतिस्पर्धी एमालेका महेन्द्रदेव श्रेष्ठले १२ हजार ५७६ मत पाए।

यस्तै, नगर उपप्रमुखमा एमालेकी देवकोटा १२ हजार ६९४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत पाए।

कमलामाई नगरपालिकाको १४ वडामध्ये एमाले सात, कांग्रेस ५ र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन्।

एमालेले वडा नं ३, ७, ८, ११, १२, १३ र १४, कांग्रेस वडा नं १, ४, ५, ६ र ९ तथा माओवादी केन्द्र वडा नं २ र १० मा विजयी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved