विराटनगरको ६८ प्रतिशत मतगणना सम्पन्न, वडाहरूमा मिश्रित जित

नेपालभ्युज

विराटनगरको ६८ प्रतिशत मतगणना सम्पन्न, वडाहरूमा मिश्रित जित

विराटनगर। १० वडाध्यक्ष र ४० वडा सदस्य निर्वाचित गर्दै प्रदेश नंं १ को राजधानी विराटनगरमा ६८ प्रतिशत मतगणना सम्पन्न भएको छ।

शनिबारदेखि हालसम्म कुल खसेको मध्ये ६१ हजार १०३ मत गणना भएको हो। विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो। अब मात्र २८ हजार ६८६ मत गणना गर्न बाँकी रहेको विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अहिले क्रमशः विराटनगरको वडा नं ३, ४, ५, ६, ८, ९, १०, ११ र १२ गरी कुल ९ वडाको मतगणना जारी छ।

बाँकी रहेका १, २, ७, १३, १४, १५, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ। मतगणना सम्पन्न भएका वडाहरूमा विभिन्न राजनीतिक दलहरूले जित हासिल गरेका छन्। वडा नं १ मा नेकपा (एमाले) का काजी बहादुर बस्नेत, २ मा एमालेकै कुमार पोखरेल, ७ मा कांग्रेसका मधुबाबु तिवारी, १३ मा राप्रपाका सूर्यलाल यादव, १४ मा एमालेकै सूर्यनारायण महतो, १५ मा कांग्रेसका प्रकाश साह, १६ मा कांग्रेसकै उद्वव कुमार भुजेल, १७ मा जसपाका समिम कमर मियाँ, १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साह र १९ मा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन्।

हालसम्मको प्राप्त मतपरिणाम अनुसार कुल १९ वडा रहेको विराटनगरमा सबैभन्दा बढी नेकपा (एमाले) ले ४, नेपाली कांग्रेसले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, जनता समाजवादी पार्टीले १ र स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन्। बाँकी रहेका ९ मध्ये ४ वटा वडामा एमाले, २ वटामा कांग्रेस र एउटामा जसपाको अग्रता छ। २ वटा वडाको प्रारम्भिक मतपरिणाम हाल सार्वजनिक गरिएको छैन।

सार्वजनिक मतपरिणाम बिश्लेषणको आधारमा मतगणना जारी रहेका मध्ये वडा नं। ३, ४, ८ र ११ मा एमालेको अग्रता छ। यस्तै वडा नं। ५ र ६ मा कांग्रेस अगाडि छ। वडा नं १२ मा भने ७८८ मतसहित जसपाले अग्रस्थान ओगटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved