घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादी, उपमेयरमा कांग्रेस

कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) र उपमेयरमा कांग्रेसले जितेकाे छ।

नेपालभ्युज

घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादी, उपमेयरमा कांग्रेस

काठमाडौं। कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार निर्वाचित भएका छन्।

एकीकृत समाजवादीका खडकबहादुर रावत १३ हजार १२८ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मतमै सीमित रहे।

उपमेयर भने नेपाली कांग्रेसले जितेको छ। कांग्रेसकी गुलिया कुमारी चौधरी उपमेयरमा निर्वाचित भएकी हुन्। उनले १२ हजार २७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी करुणा बम बटालाले ६ हजार ९६३ मत पाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved