सीके राउत नेतृत्वको जनमत पार्टीले जित्यो सप्तरीमा दोस्रो पालिका

जनमत पार्टीबाट खेमचन्द्र यादव नेपाली कांग्रेसका नविन कुमार झालाई ७४७ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

नेपालभ्युज

सीके राउत नेतृत्वको जनमत पार्टीले जित्यो सप्तरीमा दोस्रो पालिका

जनकपुरधाम। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा दोस्रो पालिकामा जित हात पारेको छ। सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै जनमत पार्टीले जितेको हो।

जनमत पार्टीबाट खेमचन्द्र यादव नेपाली कांग्रेसका नविन कुमार झालाई ७४७ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

यादवले २ हजार ९९४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका झाले २ हजार २४७ मत प्राप्त गरेका छन्। तेस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दयानन्द गोइत २२०३ मत ल्याएका छन्।

यस्तै, गाउँपालिका उपाध्यक्षमा जनमत पार्टीकै रेणु यादव २६९० मत ल्याएर विजयी भएकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी आशा देवीले २ हजार ३०४ मत प्राप्त गरेकी छन् भने तेश्रो नम्बमा जसपाकी बबिता कुमारी मण्डल २ हजार ९४ मत ल्याएकी छन्।

योसँगै जनमत पार्टीले दुई पालिका प्रमुख र एक पालिका उपप्रमुख जितेको छ।
सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा जनमत पार्टीकै वीरेन्द्र माझी मेयर पदमा निर्वाचित भएर पहिलो खाता खोलेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved