ललितपुर महानगरमा चिरिबाबु दोब्बर मतले अगाडि

ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्। २०७४ सालको निर्वाचनमा भन्दा यो निर्वाचन एमालेका लागि महंगो परेको छ।

नेपालभ्युज

ललितपुर महानगरमा चिरिबाबु दोब्बर मतले अगाडि

काठमाडौं। ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्। २०७४ सालको निर्वाचनमा भन्दा यो निर्वाचन एमालेका लागि महंगो परेको छ।

अघिल्लो चुनावमा २०० मतले एमालेका हरिकृष्ण ब्यान्जनकारलाई पराजित गरेका उनी यो पटक जारी मत गणनामा धेरै मतले अघि छन्।

पछिल्लो मत परिणाम अनुसार महर्जनले १५ हजार ३५८ मत पाउँदा एमालेका उम्मेदवार ब्यञ्जनकारले ७ हजार ९६१ मत मात्र पाएका छन्। ललितपुरमा महर्जनले ७ हजार ३९७ मतले अग्रता कायम गरेका छन्।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार पछाडि परेका छन्। एमालेकी मञ्जली शाक्य बजाचार्यले ८ हजार ९४ मत पाएकी छन्। माओवादी केन्द्रका बाबुराज मर्हजनले ५ हजार १६७ मत पाएका छन्। ललितपुरमा सत्ता गठबन्धनले महर्जनलाई साथ दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved