हरिवन नगरपालिकामा माओवादी र एमालेको रोचक प्रतिस्पर्धा

दुई वडा जितेको समाजवादी तेस्रो, चार वडा जितेको कांग्रेस चौथो र एउटा पनि वडा नजितेको माओवादी दोस्रो

नेपालभ्युज

हरिवन नगरपालिकामा माओवादी र एमालेको रोचक प्रतिस्पर्धा

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकाको मेयर पदमा तीव्र प्रतिस्पर्धा देखिएको छ।

नेकपा एमालेबाट पुनः मेयर पद दोहोर्‍याउन लागेका गणेश प्रसाई र नेकपा माओवादी केन्द्रका कमल बुढाथोकीको आलोपालो अग्रता कायम छ।

उनीहरूबीच २ सय मतले अघिपछि चलिरहेको छ। ‍यो समाचार तयार पार्दासम्म प्रसाईं मात्र १ सय २६ मतले अगाडि छन्। प्रसाईले ५०९८ मत पाएका छन् भने बुढाथोकीले ४९७२ मत पाएका छन्।

हाल वडा नम्बर १ देखि ९ सम्मको मतगणना सकिएको छ। वडा नम्बर १० मा ९४७ मतगणना सकिएको छ। अहिले वडा नम्बर १० को बाँकी मतगणना चलिरहेको छ भने ११ नम्बर वडाको गणना पनि भइरहेको छ।

यहाँ एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीका नेता तथा मेयरका उम्मेदवार सुरेन्द्र लामाले दुवै उम्मेदवारलाई पछ्याइरहेका छन्।

यहाँ कांग्रेसले चार वटा वडा र एमालेले तीन वटा वडा जितेको छ। नेकपा एकीकृत समाजवादीले २ वटा वडा जितेको छ। यहाँ ९ वटा वडाको मतगणना सकिएको छ। हरिवनमा ११ वटा वडा छन्। ०७४ सालको चुनावमा यहाँ एमालेले ८ वटा, कांग्रेस, नेकपा माओवादी र स्वतन्त्रले एक/एक वटा वडा जितेका थिए।

यहाँ कांग्रेसका उम्मेदवार रामप्रसाद मैनाली चौथो स्थानमा रहँदा नेकपा एसका सुरेन्द्र लामा तेस्रो स्थानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved