आगामी निर्वाचनमा पनि गठबन्धन हुन्छ : पुष्पा भुसाल

प्रदेश र केन्द्रको निर्वाचनमा समेत यही गठबन्धनको माध्यमबाट अगाडी बढ्ने सोच राखिएकाे उनले बताइन्।

नेपालभ्युज

आगामी निर्वाचनमा पनि गठबन्धन हुन्छ : पुष्पा भुसाल

काठमाडौं। नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताएकी छिन्।

बुधबार संघीय संसद् भवन परिसरमा सञ्चाकर्मीसँग कुराकानीका क्रममा सचेतक भुसालले स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रताले कांग्रेसप्रति जनताको आस्था र विश्वासल बढेको महसुस भएको बताइन्।

उनले भनिन्, ‘‘नेपाली कांग्रेसको अग्रताले जिम्मेवारी थपिएको हामीले महसुस गरेका छौँ। प्रदेश र केन्द्रको निर्वाचनमा समेत यही गठबन्धनको माध्यमबाट अगाडी बढ्ने सोच राखेका छौँ।’’

सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको बताइन्। पार्टी भित्रका आन्तरिक असन्तुष्टि पनि निर्वाचन परिणाममा प्रकट भएको उनको भनाइ छ। महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने संकेत दिएको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved