कर्णालीका ६१ स्थानीय तहको नतिजा : कांग्रेस पहिलो हुँदा एमाले तेस्रो

६१ स्थानीय तहको निर्वाचनको मतपरिमाण अनुसार नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। उसले कर्णालीका २५ स्थानीय तहमा प्रमुख पदमा जितेको छ।

नेपालभ्युज

कर्णालीका ६१ स्थानीय तहको नतिजा : कांग्रेस पहिलो हुँदा एमाले तेस्रो

सुर्खेत। स्थानीय तहको निर्वाचनअन्र्तगत कर्णालीका ६१ स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भएको छ।

कर्णाली प्रदेशका ७९ ओटा स्थानीय तहमध्ये ६१ ओटाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ। १८ ओटा पालिकाको मतगणना कार्य जारी रहेको छ।

६१ स्थानीय तहको निर्वाचनको मतपरिमाण अनुसार नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। उसले कर्णालीका २५ स्थानीय तहमा प्रमुख पदमा जितेको छ।

माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ। उसले १९ ओटा स्थानीय तहमा प्रमुख पद जितेको छ।

एमाले भने तेस्रो स्थानमा पुगेको छ। उसले ११ स्थानीय तहमा जित हात पारेको छ।

नेकपा (एकीकृत समाजवादी)ले ३ ओटा स्थानीय तहमा प्रमुख पद जितेको छ। ३ ओटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved