लिङ्देनको गृहपालिकामा राप्रपाले जित्यो मेयर

नेपालभ्युज

लिङ्देनको गृहपालिकामा राप्रपाले जित्यो मेयर

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका झापाको हल्दिबारी गाउँपालिका प्रमुखमा राप्रपाबाट रवीन्द्र लिङ्देन र उपप्रमुखमा लक्ष्मी मैनाली विजयी भएका छन्।

कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र एमालेलाई पराजित गर्दै राप्रपाले दोश्रो पटक हल्दिबारीमा भारी मतान्तरले विजय प्राप्त गरेको हो।

हल्दिबारीमा राप्रपाले अध्यक्ष लिङ्देनको वडा नं १ सहित अन्य वडासमेत जित्न सफल भएको छ।

योसँगै राप्रपाले दुई ओटा पालिकामा विजय हासिल गरेको छ।

यसअघि राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकामा ३ वटा वडामा प्यानलसहित मेयर पदमा विजय प्राप्त गरेको छ।

यसबाहेक देशका केही स्थानीय तहमा राप्रपाको अग्रता कायमै छ भने केहीमा झिनो मतान्तरले पछ्याइरहेको अवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved