अवरुद्ध संसद् खुलेको दिन एमालेले भन्यो, ‘हामीलाई हराउन चौतर्फी घेराबन्दीमा पारियो’

नेपालभ्युज

अवरुद्ध संसद् खुलेको दिन एमालेले भन्यो, ‘हामीलाई हराउन चौतर्फी घेराबन्दीमा पारियो’
फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

आज प्रतिनिधि सभा बजेट अधिवेशनको पहिलो दिन ज्ञवालीले आफूहरूले निरन्तर खबरदारी गर्दै आएकाले निर्वाचन हुन सकेको दाबी गरे। उनले भने, “हामीले निर्वाचनको निष्पक्षतामाथि उठ्ने विषयमा निरन्तर खबरदारी गर्दै आएका थियौं। अन्ततः निर्वाचन भएको छ। लोकतन्त्र सुदृढ भएको छ।”

स्थानीय तह निर्वाचनको मौन अवधिको समयमा सत्तामा रहेका दलहरूले मतदाता धम्क्याउँदै हिँडेको प्रति उनले आपत्ति जनाए। निर्वाचनका अगाडि एमालेविरुद्ध झडप भएको भन्दै राज्यसत्ताले एमाले हराउन चौतर्फी घेराबन्दी गरेको उनले आरोप लगाए। कतिपय ठाउँमा उजुरी परे पनि मतदान स्थगित नभएको प्रति उनले गुनासो व्यक्त गरे।

चितवन भरतपुरको हिजो राति भएको घटना स्मरण गर्दै सीडीओले मतगणनास्थलमा धम्क्याएको प्रति पनि उनले आपत्ति जनाए।

“चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्ने हामीले सुनेका थियौं। एमालेले करिब ३० प्रति एमालेले जितेको छ। चौतर्फी घेराबन्दी पारिएको छ। स्वस्थ र मर्यादित तरिकाले भए हामी योभन्दा हार स्विकार्न तयार छौं,” उनले भने, “मलुकको बाह्य सम्बन्धमा गम्भीर विचलन मैले देखेको छु। यो स्थितिभित्र नेपालले राख्नुपर्ने बाह्य सम्बन्ध धर्मराउँदै गरेको मैले देखेको छु।”

भदौदेखि लगातार अवरोध भएको संसद आज सुचारु भएको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved