हेटौँडा उपमहानगरपालिकामा राप्रपाको अग्रता

नेपालभ्युज

हेटौँडा उपमहानगरपालिकामा राप्रपाको अग्रता

काठमाडौं। मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा राप्रपाका दीपकबहादुर सिंहले ८ हजार २ सय ६५ मत ल्याएर अगाडि छन्। नेकपा एमालेको किल्ला रुपमा चर्चामा रहेको हेटौँडा उपमहानगर यस पटक भने प्रतिस्पर्धामा कमजोर देखिएको छ। २२ हजार ८ सय ५० मतगणना हुँदा नेकपा एकिकृत समाजवादी १ सय ९८ मतले पछि छ। गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना कुमारी लामाको ८ हजार ६७ मत आएको छ।

यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालको समर्थन रहेको नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल ६ हजार ५सय २१ मतसहित तेस्रो स्थानमा छन्। उपमेयरतर्फ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका राजेश बानियाँले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

बानियाँको ११ हजार ७ सय ११ मत रहेको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेको ८ हजार ३३ मत मात्रै रहेको छ। राप्रपाकी इन्दिरा न्यौपानेको भने जम्मा १ हजार १० मत मात्रै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved