सीडीओले माफी मागेपछि भरतपुरमा मतगणना शुरु

नेपालभ्युज

सीडीओले माफी मागेपछि भरतपुरमा मतगणना शुरु

भरतपुर। भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः शुरु भएको छ। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले माफी मागेपछि मतगणना सुचारु भएको हो।

दुई चोटि एकै ठाउँमा स्वस्तिक छाप परेको ठाउँलाई गणना गर्ने कि नगर्ने विषयमा विवाद भएको थियो।

कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएका थिए। उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमाले प्रतिनिधिले होहल्ला गरेका थिए।

भरतपुरमा गठबन्धनका उम्मेदवार रेनु दाहाललाई गलत गरिकाले अग्रता दिलाएको भन्दै एमालेले मतगणनास्थलमा विरोध जनाएको थियो।

मतगणना रोकिएसँगै चितवनका प्रमुख जिल्ला अधिकारी तमाङ मतगणना स्थल पुगेका थिए। गणनास्थल पुगेर उनले मत गणनामा खटिएका कर्मचारीलाई दबाब दिएका एमालेको आरोप छ। अहिले उनले अब यस्तो हुँदैन भनी माफी मागेपछि मतगणना शुरु भएको हो।

विवादित कर्मचारीलाई भोलिदेखि मतगणनामा सहभागी नगराउनेसमेत सहमति भएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved