बिना मगरको निर्वाचन क्षेत्रमा माओवादीलाई धक्का

नेपालभ्युज

बिना मगरको निर्वाचन क्षेत्रमा माओवादीलाई धक्का

काठमाडौं। नेकपा ‘माओवादी केन्द्र) की नेत्री बिना मगरको निर्वाचन क्षेत्रमा माओवादीलाई धक्का लागेको छ।

नेत्री बिनाको निर्वाचन क्षेत्रमा ३ वडासहित पालिका अध्यक्ष, उपाध्यक्ष एमालेले जितेकाे छ। कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा चार हजार ५६१ मतसहित एमालेका निर्मल राना विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरे।

उपाध्यक्षमा विजयी एमालेकी सपना चौधरीले चार हजार ५६१ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी सत्यदेवीले दुई हजार ७३२ मत पाइन् भने कांग्रेसकी राधा रानाले तीन हजार ४९३ मत ल्याइन्।

लालझाडी गाउँपालिकाका ६ वडामध्ये ३ वडामा एमाले, २ वडामा माओवादी र एक वडामा कांग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन्। ०७४ सालको स्थानीय तह चुनावमा पालिका अध्यक्ष, उपाध्यक्षसहित तीन वडा माओवादीले जितेको थियो भने ३ वडा कांग्रेसले जितेको थियो।

अघिल्लाे निर्वाचनमा पालिका प्रमुख, उपप्रमुख तथा वडाको नेतृत्वमा जित निकाल्न नसकेकाे एमाले यसपटक पालिका अध्यक्ष, उपाध्यक्षसहित ३ वडामा प्यानलसहित विजयी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved