अर्घाखाँचीको शितगंगामा विवादलाई थाँती राखेर बाँकी मतगणना गर्ने

विवाद भएको वडा नं. १२ को मतगणनालाई स्थगित गरेर बाँकी वडाको मतगणना गर्ने निर्णय भएको हो।

नेपालभ्युज

अर्घाखाँचीको शितगंगामा विवादलाई थाँती राखेर बाँकी मतगणना गर्ने

काठमाडौं। रातीदेखि अवरूद्ध भएको शितगंगा नगरपालिकाको मतगणना सुचारू हुने भएको छ। विवाद भएको वडा नं. १२ को मतगणनालाई स्थगित गरेर बाँकी वडाको मतगणना गर्ने निर्णय भएको हो।

“वडा नं. १२ को मत परिणामबारे एक, दुई दिनभित्र दलहरूले सहमति गर्ने, सहमति नभए निर्वाचन अधिकृतले निर्णय गर्ने त्यतिञ्जेलसम्म बाँकी वडाका मतगणना गर्ने सहमति भएको छ”, निर्वाचन अधिकृत श्यामसुन्दर चौधरीले फोनमा भने, “एक बजेदेखि मतगणना शुरू हुँदैछ।”

दुई मतले वडा नं. १२ को वडाध्यक्षमा नेपाली कांग्रेसले जितेको परिणाम सुनाइएपछि विवाद सिर्जना भएको थियो। एमालेले दोहोर्‍याएर मतगणना गर्न माग गरिरहेको छ भने कांग्रेसले अस्वीकार गरिरहेको छ।

विवाद टुंगो नलाग्दा राती मतगणनास्थल नै सिल गरिएको थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved