लुम्बिनी आउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कुशीनगर आइपुगे

बुद्धजयन्तीको अवसरमा नेपाल आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कुशीनगर आइपुगेका छन्। दिल्लीबाट कुशीनगर पुगेका मोदी भारतीय सेनाको विशेष विमानबाट नेपाल आउँदै छन्।

नेपालभ्युज

लुम्बिनी आउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कुशीनगर आइपुगे

काठमाडौं। बुद्धजयन्तीको अवसरमा नेपाल आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कुशीनगर आइपुगेका छन्। दिल्लीबाट कुशीनगर पुगेका मोदी भारतीय सेनाको विशेष विमानबाट नेपाल आउँदै छन्। उनी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका छन्। यद्यपी उनी नेपाल भने तीन पटक आइसकेका छन्।

उनी बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ। यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी भ्रमण हो।

मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर आइतबार नै लुम्बिनी आइसकेका छन् । मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार भारत फर्किने भ्रमण तालिका छ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा तथा प्रतिनिधिमण्डलस्तर द्विपक्षीय भेटवार्ता र बुद्ध बिहारको शिलान्यास गर्ने लगायतका कार्यक्रमहरू तय भएका छन् ।

मोदी १० बजेर ४० मिनेटमा लुम्बिनी क्षेत्रमा अवतरण गर्ने भनिएको छ। मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्का, परराष्ट्रसचिव भरतराज पौड्याललगायत उच्च अधिकारीले लुम्बिनीमा स्वागत गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved