गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन, नेवानी र जजिराको जहाज अवतरण

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटनको क्रममा दुई जहाज अवतरण गराएर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान प्रारम्भ भएको छ। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गराइएको छ।

नेपालभ्युज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन, नेवानी र जजिराको जहाज अवतरण

काठमाडौं। रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटनको क्रममा दुई जहाज अवतरण गराएर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान प्रारम्भ भएको छ। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गराइएको छ। यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान प्रारम्भ भएको छ ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी)को पहिलो जहाज आज काठमाडौंबाट बिहान ६ बजेर ५५ मिनेटमा ल्यान्ड गरियो। जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरिएको हो। जजिराको जहाज भने दोहाबाट कुवेत ट्रान्जिट गरी नेपाल आएको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भने यही जेठ २९ गते मात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार जजिराले जेठ २९ गतेदेखि सातामा तीन दिन उडान भर्ने छ।

अरवमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज हुन

जजिरा एयरवेजले अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको छ। जजिराले सार्वजनिक गरेको तालिका अनुसार भैरहवाका लागि उड्ने जहाज कतारको दोहाबाट कुवेत जानेछ । कतारबाट सिधै भैरहवा आउन चाहने यात्रुले समेत यस उडानमा सेवा लिन सक्ने भएका छन्। कुवेतमा ट्रान्जिट भई भैरहवा आउन पाउने सुविधा अब मिल्नेछ। जहाज सिधै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको छ।

यो विमानस्थल सञ्चालनसँगै वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि अरवमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज हुने भएको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने अपेक्षा विमानस्थलले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved