आज २५६६औँ बुद्धपूर्णिमा आज, लुम्बिनीमा विशेष कार्यक्रम

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको त्रिसंयोगको रुपमा आज सोमबार बुद्ध पूर्णिमा मनाइदैँछ। 

नेपालभ्युज

आज २५६६औँ बुद्धपूर्णिमा आज, लुम्बिनीमा विशेष कार्यक्रम

काठमाडौं। गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको त्रिसंयोगको रुपमा आज सोमबार बुद्ध पूर्णिमा मनाइदैँछ। शान्ति र अहिंसाका प्रवर्द्धक गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरी मनाइँदै छ।

इसापूर्व ६२३ मा वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो।

पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार महारानी मायादेवी कपिलवस्तु राजदरबार तिलौराकोटबाट आफ्नो माइती देवदह जाँदै गर्दा लुम्बिनी उद्यानमा सिद्धार्थ गौतमको जन्म भएको थियो। लुम्बिनीमा जन्म भएपछि सिद्धार्थको जन्मको खुशीयालीमा तिलौराकोटबाट बाजागाजासहितका लावालस्कर आएर विजय उत्सव मनाउँदै तिलौराकोट दरबारमा प्रवेश गराएका थिए।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थ मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका थिए। तपस्या गर्न निस्किएका सिद्धार्थले पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेका थिए। त्यसपछि सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved