एमाले अध्यक्ष ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीले भोट हालेको ठाउँ तथा उनको हालको निवास रहेको सूर्यविनायक वडा नम्बर २ मा कांग्रेसका प्रदीप कार्की पुनः विजयी भएका हुन्।

नेपालभ्युज

एमाले अध्यक्ष ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको वडामा नेपाली कांग्रेसले जितेको छ। ओलीले भोट हालेको ठाउँ तथा उनको हालको निवास रहेको सूर्यविनायक वडा नम्बर २ मा कांग्रेसका प्रदीप कार्की पुनः विजयी भएका हुन्।

निर्वाचन आयोगका अनुसार कार्की १५११ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विश्वराज विष्टले १३०५ मत ल्याएका छन्। प्रदीप कार्की यसअघि पनि वडाध्यक्ष थिए।

ओलीले महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved