मेस्सीको दुई गोलमा पीएसजी विजयी

गएराति भएको खेलमा पीएसजीले मोन्टपलियरलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

नेपालभ्युज

मेस्सीको दुई गोलमा पीएसजी विजयी

काठमाडौं। लियोनेल मेस्सीले दुई गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले शानदार जित निकालेको छ।

गएराति भएको खेलमा पीएसजीले मोन्टपलियरलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

पीएसजीका लागि मेस्सीले खेलको छटौँ मिनेटमै गोल गर्दै शुरुआती अग्रता दिलाए। घरेलु टोलीविरुद्ध २० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अग्रता दोब्बर बनाए।

त्यसपछि, खेलको २६ औँ मिनेटमा पीएसजीका एन्जेल डी मारियाले गोल गरे। ६० औँ मिनेटमा पेनाल्टी पाएपछि केलियन एम्बाप्पेले गोल गर्दै ४–० को जित पक्का गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved