बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

वडा नम्बर ६ बाट मतगणना शुरु गरिएको बौँदीकालीको वडा नम्बर ६ र ४ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् भने वडा नम्बर ५ मा एमालेका उम्मेदवार विजयी भएका छन्।

नेपालभ्युज

बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन शुरु भएको छ।

६ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन ओटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन वडामध्ये दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटामा नेकपा एमालेका उम्मेदवारले जित निकालेका छन्।

वडा नम्बर ६ बाट मतगणना शुरु गरिएको बौँदीकालीको वडा नम्बर ६ र ४ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् भने वडा नम्बर ५ मा एमालेका उम्मेदवार विजयी भएका छन्।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार बौँदीकाली–६ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार खुमकुमार सारु मगर विजयी भए। उनले ७२९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरेका निर्वाचन अधिकृत शर्माले जानकारी दिए।

त्यस्तै, बौँदीकाली–५ मा भने एमालेको प्यानल नै वियजी भएका छ। यहाँ वडाध्यक्षमा एमालेका खिमबहादुर थापा खरु मगर विजयी भए। उनले ४६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गरे।

बौँदीकाली–४ को वडाध्यक्षमा कांग्रेसका मनबहादुर सारु मगर ८६८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गरे।

यसअघिको स्थानीय तह निर्वाचन २०७४ मा बौँदीकालीको वडा नम्बर १, ३ र ४ कांग्रेसले जितेको थियो भने वडा नम्बर २, ५ र ६ एमालेले जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved