हालसम्म मतगणना सम्पन्न भएकामध्ये एमाले अगाडि, १२ मध्ये आधामा विजयी

नेपालभ्युज

हालसम्म मतगणना सम्पन्न भएकामध्ये एमाले अगाडि, १२ मध्ये आधामा विजयी

काठमाडौं। स्थानीय तह निर्वाचनको हालसम्मको मतगणनामा विजयी स्थान हासिल गर्नेमा नेकपा (एमाले) अग्रणी छ भने कांग्रेसले भइरहेको गणनामा अग्रता हासिल गरिरहेको छ।

अहिलेसम्म मतगणना सम्पन्न भएका १२ ओटा गाउँपालिकामध्ये ६ ओटामा एमालेले अध्यक्ष पद हत्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले तीन ओटा गाउँपालिका जितेको छ। नेकपा (एकीकृत समाजवादी)ले दुई ओटा स्थानमा अध्यक्ष पद जितेको छ भने नेकपा (माओवादी केन्द्र)ले एउटामा।

एमालेका अध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका – कान्छा घले
२. मनाङको चामे गाउँपालिका – लोकेन्द्रबहादुर घले
३. मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका – लोप्साङ छोम्पेल विष्ट
४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – रिङजिन नामगेल गुरूङ
५. मुस्ताङको लोमान्थाङ गाउँपालिका – टसी न्वर्वु गुरूङ
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका – धावा सम्डुङ गुरूङ

कांग्रेसका अध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. मनाङको नार्पा भूमी गाउँपालिका – तेन्जीङ लामा
२. मनाङको नासोँ गाउँपालिका – धनबहादुर गुरूङ
३. मुस्ताङको घरपोझङ गाउँपालिका – मोहनसिंह लालचन

एकीकृत समाजवादीका अध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. छार्का साङतोङ गाउँपालिका – सेनाङ गुरूङ
२. डोल्पाको काइके गाउँपालिका – अंगदकुमार राना

माओवादी केन्द्रका अध्यक्ष विजयी भएका गाउँपालिका

१. डोल्पाको जगदुल्ला गाउँपालिका – नारसिङ रोकाया

त्यस्तै अहिलेसम्म विजयी घोषणा गरिएका १२ उपाध्यक्षमध्ये पनि एमाले नै अग्रस्थानमा छ। पाँच ओटा गाउँपालिका उपाध्यक्ष एमालेले हात पारेको छ भने कांग्रेसले तीन ओटा, माओवादी केन्द्रले दुई स्थानमा, एकीकृत समाजवादीले एक स्थानमा र एकजना स्वतन्त्रले जित हासिल गरेका छन्।

एमालेका उपाध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. मनाङको नार्पा भूमि गाउँपालिका- मेङमर फुन्चो लामा (निर्विरोध)
२. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका – छिरिङ ल्हामो गुरूङ
३. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – ढिकि गुरूङ
४. मुस्ताङको लोमन्थाङ गाउँपालिका – छ्युमी विष्ट गुरूङ
५. डोल्पाको छार्का ताङसोङ गाउँपालिका – कर्म ढुण्डुप गुरूङ

कांग्रेसका उपाध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. मनाङको चामे गाउँपालिका – मिङमार ढोमा लामा
२. मुस्ताङको घरपझोङ गाउँपालिका – जमुना थापा मगर
३. डोल्पाको काईके गाउँपालिका -निमा बुढा

माओवादी केन्द्रका उपाध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. मनाङको नार्सो गाउँपालिका – वेदबहादुर गुरूङ
२. डोल्पाको जगदुल्ला गाउँपालिका – अमरिता बोहोरा

एकीकृत समाजवादीका उपाध्यक्ष विजयी भएको गाउँपालिका

१. डोल्पाको डोल्पोबुद्ध गाउँपालिका – पेम्मा धोर्चे गुरूङ (निर्विरोध)

स्वतन्त्र उपाध्यक्ष विजेता

१. मनाङको ङिस्याङ गाउँपालिका – छिरिङ गुरूङ – स्वतन्त्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved