मोरङका ८ स्थानीय तहमा एमाले र ७ ओटामा कांग्रेसको अग्रता

नेपालभ्युज

मोरङका ८ स्थानीय तहमा एमाले र ७ ओटामा कांग्रेसको अग्रता

विराटनगर। स्थानीय तहको निर्वाचनमा मोरङको ८ पालिकामा नेकपा ९एमाले० ले अग्रता लिएको छ।

प्रारम्भिक मत परिणामअनुसार मोरङका १७ मध्ये ५ नगरपालिका र ३ गाउँपालिकाको प्रमुख पदमा नेकपा (एमाले) ले अग्रता लिएको हो। मोरङको सुन्दरहरैंचा, उर्लाबारी, रङ्गेली, लेटाङ र बेलबारी नगरपालिका तथा मिक्लाजुङ, कानेपोखरी र केराबारी गाउँपालिकामा नेकपा (एमाले) अगाडि देखिएको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मोरङको विराटनगर, ग्रामथान, कटहरी, धनपालथान, जहदा र बूढीगंगा गाँउपालिकामा भने कांग्रेस अगाडि देखिएको छ।

उपमेयरमा भने ७/७ स्थानमा कांग्रेस र एमाले तथा १ स्थानमा माओवादी केन्द्रले अग्रता लिएको जनाइएको छ।

पथरीशनिश्चरे र रतुवामाई नगरपालिकाको मतगणना ढिलो गरी सुरू भएकाले मत परिणाम हाल सार्वजनिक भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved