सानीभेरी १ मा माओवादी केन्द्रको प्यानलै विजयी

वडाध्यक्षमा माओवादी केन्द्रका टेकबहादुर पुन ५६१ मतसहित विजयी भएका छन्।

नेपालभ्युज

सानीभेरी १ मा माओवादी केन्द्रको प्यानलै विजयी

रुकुम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको १ नम्बर वडामा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ।

उक्त वडाको वडाध्यक्षमा माओवादी केन्द्रका टेकबहादुर पुन ५६१ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २८१ मत पाए।

पालिका अध्यक्षमा पनि नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट ५४७ मतसहित अगाडि छन्। उनलाई कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २८० मतसहित पछ्याइरहेका छन्।

पालिका उपाध्यक्षमा पनि माओवादीकै कमला रोका पुनले ५४७ मतसहित अग्रता बनाएकी छन्। उनलाई एमालेका प्रकाश खड्काले १५७ मतसहित पछ्याइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved