कहाँकहाँ हुँदैछन् मतगणना ?

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत विभिन्न पालिकाहरूमा मतगणना भइरहेको छ। खबर प्राप्त भएअनुसार दर्जन बढी स्थानीय तहमा शुरु भएको छ।

नेपालभ्युज

कहाँकहाँ हुँदैछन् मतगणना ?
फाइल फोटो

काठमाडौं। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत विभिन्न पालिकाहरूमा मतगणना भइरहेको छ। खबर प्राप्त भएअनुसार दर्जन बढी स्थानीय तहमा शुरु भएको छ। मनाङको दुई पालिकाको अन्तिम नतिजा आएको छ। मनाङको चामे र नार्पाभूमिमा क्रमशः नेकपा एमाले र नेपाली काग्रेसका उम्मेदवार अध्यक्षमा विजयी भएका छन्।

भक्तपुर, नुवाकोट, चितवन, स्याङ्जा, गुल्मीलगतायत जिल्लामा मतगणना जारी छ। नुवाकोटको विदुरमा जारी गणनामा कांग्रेस अघि छ। चितवनको कालिका र माडी नगरपालिकामा मतगणना जारी रहेको छ। स्याङ्जाको गल्याङ नगरपालिकामा मतगणना जारी छ।

यस्तै गुल्मीको रेसुङ्गा, नुवाकोटको तारकेश्वर गाउँपालिकामा पनि मतगणना जारी छ।
यस्तै सिन्धुपाल्चोकको हेलम्बु, स्याङ्जाको फेदीखोला गाउँपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका, भक्तपुरका दुई पालिकामा पनि मतगणना भइरहेको छ।

यस्तै कामाडौं, चितवन महानगरपालिकामा भने शनिबार बिहानदेखि मतगणना गर्ने तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved